चितवनः जिल्लामा कोरोना सङ्क्रमण वढ्दै गएपछि स्थानिय प्रशासनले भिडभाड हुने कार्यालयहरुको नियमित सेवा बन्द गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा आज जारी आदेशमा भिडभाड हुने कार्यालयहरु भदौ १ गते देखि १० गते सम्मका लागि नियमित सेवा वन्द गर्ने जनाईएको छ । आदेशमा भनिएको छ “जिल्ला स्थित सरकारी कार्यालयहरु मध्ये बढी भिडभाड हुने जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालयहरु, नापि कार्यालयहरु र यातायात व्यवस्था कार्यालयले अत्याबश्यक तथा आन्तरिक कार्य वाहेक नियमित सेवाप्रवाह स्थगन गरिने छ ।”

आदेशमा सभा, सम्मेलन, प्रदर्शन, भेला सेमिनार, तालिम, सिनेमा, पार्टी प्यालेस लगायत सन्चालनमा रोक लगाइएको छ । बढी भिडभाड हुने जिल्लाका सरकारी कार्यालयहरु जिल्ला प्रशासन, मालपोत, नापी, यातायात कार्यालयले अत्यावश्यक तथा आन्तरिक कार्य बाहेक नियमित सेवा स्थगन गर्न भनिएको छ । सरकारी कार्यालय सन्चालन बाहेक अन्यमा यस अघिकै व्यवस्था कायम गरिएको छ । खाद्यान्न, तरकारी, फलफुल, दूध डेरी, माछा–मासु, अण्डा, दाना, ग्यास, पुजा, पसलहरु हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सन्चालन गर्न पाइने छ ।

तोकिएका बाहेकका अन्य पसलहरु आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्न पाउने छन् । यसरी खुल्न पाउने पसलमा इलेक्ट्रोनिक, भाँडा, कपडा, फेन्सी, कस्मेटिक, सुनचाँदी, फर्निचर, जुत्ता चप्पल, टेलरिङ, पुस्तक पसल लगायतका व्यापारीक पसल छन् । यस्तै खाजा घर, रेष्टुरेण्ट, मिठाई पसल दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्नेछन् । सार्वजनिक सवारीहरु जोर–बिजोर प्रणालीलाई निरन्तरता दिइएको छ । सिट क्षमता अनुसार सन्चालन गर्न पाइने छ । यसअघि प्रमुख जिल्ला अधिकारीले स्थानियतहका प्रमुखसँग छलफल गरेर जिल्लामा कडाइ गर्ने योजना बनाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस !