चितवन,: चितवनमा कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेबाट निषेधाज्ञा थप कडा पार्ने भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी शर्माले संक्रमणदर बढ्दै गएकोले भदौ १ गतेबाट सार्वजनिक सवारी साधन बन्द गरिने संकेत गरे । ‘लकडाउन खुकुलो भएपछि बजारमा हुने भिडभाड र सार्वजनिक यातायात चल्न थालेपछी कोरोना संक्रमीत को संख्यामा पनि वृद्धि भएको छ ।

भदौ १ गतेबाट थप कडाई गर्छौं, शर्माले भने, सार्वजनिक सवारी लगायत भिडभाड हुने क्षेत्र बन्द गर्ने बिषयमा छलफल भइरहेको सहायक सिडीओ शर्माले बताए

आज निषेधाज्ञा कुन मोडालिटीमा थप्ने भन्ने बिषयमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको (डीसिसिएमसी) को बैठक बस्दैछ । उक्त बैठकले जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञाको मोडालिटी बारे सिफारिस गर्नेछ । डीसिसिएमसीको सिफारिस अनुसार उद्योगी, व्यवसायी, यातायात व्यवसायीलगात सरोकारवालाहरुसँग छलफल गरी आज बेलुकासम्म नै प्रशासनले निर्णय गर्न सक्ने सहायक सिडीओ शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस !