चितवनः भरतपुर बिमानस्थलको बिशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ वजे बिद्युत चुहावट भएर आगलागी भएको बिमानस्थलले जनाएको छ ।
बिमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिशिष्ट कक्षमा भएको लागलागी ७ वजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्निनियन्त्रक साधनहरुले आगो नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । आगलागीबाट बिशिष्ट कक्ष पूणरुपमा क्षेती भएको उहाँले बताउनुभयो ।
क्षतीको बिबरण भने केन्द्रीय कार्यालयबाट प्राबिधिक समुह आएर हेरे पछि मात्र भन्न सकीने उहाँले बताउनुभयो ।






