चितवन, : चितवनमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पिसिआर परीक्षणबाट १३८ तथा एन्टिजेनबाट ३३ जनामा संक्रमण पुष्टि भएको हो ।जसमा भरतपुर महानगरपालिका भित्रका मात्रै १३० जना छन् । यस्तै खैरहनी नगरपालिकाका ८, माडीका १२, रत्ननगरका ८, राप्तीमा ८, कालिकाका ३ र इच्छाकामना गाउँपालिकाका २ जना रहेका छन् । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २२ हजार ४७१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २ जना संक्रमितको मृत्यु भएको छ ।






