चितवन, : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघियताको विषयमा पुर्नबिचार गर्नुपर्ने बताउनुभयो । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै पात्र फेरीदैमा दल फेरीदैंमा देशको सुधार नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो “पछिल्लो राजनैतिक परिवर्तन पछि देश जुन बाटोमा अघि वढ्यो त्यसले देशमा शान्ति, स्थायीत्व र सम्बृद्धिको लक्ष्य हाँशिल गर्न सकेन । अव बिचार नै परिवर्तन गर्न जरुरी छ ।” सरकारको नेतृत्व परिवर्तन हुँदैमा देशमा शान्ति स्थायीत्व र सम्बृद्धिको यात्रा पुरा नहुने भन्दै उहाँले यसका लागि बाटो र बिचार नै परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । अहिलेको पद्धती नै असफल भई सकेको देशका पछिल्ला घटना क्रमहरुले देखाएको उहाँको जिकिर थियो ।

“झण्डै दुई तिहाईको नेतृत्व गरेको नेकपाको गठवन्धन सरकार असफल हुनुले पनि अहिलेको सिस्टमनै गत छ भन्ने हाम्रो भनाई हो ।”उहाँले थप्नुभयो । अहिले राप्रपा यीनै कुराहरुलाई लिएर जनतामाझ जान लागेको उहाँले बताउनुभयो । अहिलेको पद्धतीमा सुधार गर्नुपर्ने कुराहरु लिएर जनतामाझ गईरहेका छौ उहाँले भन्नुभयो“यीनै मुद्धाका साथ पार्टीको महाधिबेशन, संगठन निर्माण र स्थानीय निर्वाचनमा जाने तयारीमा छौ ।”

फरक प्रसंगमा बोल्दै अध्यक्ष थापाले महाकाली नदीमा तुईन काटेर जयसिंह धामिको निधन हत्या गरिएको घटना प्रति भारत सरकारले सार्बजनीक रुपमा माफी माग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “भारत सरकारले नेपाली जनतामाझ सार्बजनीक रुपमा माफि माग्नु पर्छ । पिडितलाई राहत र दोशीलाई कारवाही गर्नु पर्छ ।” घटनाको बिषयमा नेपाल सरकार वोल्न नखोज्नु दुखत रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !