चितवनः नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भदौमा महाधिबेशन सम्भव नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले कृयाशिल सदस्यता बिबाद र पार्टी समायोजनका बिषयहरुका कारण भदौमा महाधिबेशन सम्भव नरहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “आन्तरिक समस्या समाधान गरेर महाधिबेशन मंसिर सम्ममा हुन्छ ।” पार्टी भित्र कृयाशिल सदस्यताको बिबाद महाधिबेशनको समयमा हुने गरेको भन्दै उहाँले यो परिपार्टीको अन्त्य गरि महाधिबेशन भन्दा एक वर्ष अघिनै यो टुङ्गाउनु पर्ने बताउनुभयो । काङ्ग्रेसको महाधिबेशन छिटो हुनु पर्ने आँफुहरुको माग रहेको उहाँले जानकारी दिनुभयो ।
कृयाशिल सदस्यताको बिबाद मिलाएर बिजयकुमार गच्छेदार र राप्रपाबाट आएकाहरुलाई व्यवस्थापन गर्दै महाधिबेशनमा जानु पर्ने उहाँको भनाई छ । महाधिबेशनका लागि आँफ पनि सभापतिको उम्मेदवार रहेको बाउँदै उहाँले संस्थापन इतर समुहबाट एउटा मात्रै उम्मेदवार वन्ने बताउनुभयो । उहाँले भन्नुभयो “संस्थापन पक्षबाट दुई जना उम्मेदवार हुनुहुन्छ । इतर समुहमा ५ जना छौ । सबै निर्वाचन लडे हारिन्छ । एउटामात्र उम्मेदवार वनाउन छलफल भइरहेको छ ।”
फरक प्रसंगमा बोल्दै उहाँ आँफु अहिले सरकारमा जाने समय नभएको बताउनुभयो । बाहिर आएका कुराहरु हल्ला मात्रै भएको भन्दै उहाँले अहिले सरकारमा जाने सोचमा नरहेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस !