चितवन,: जिल्लामा कोरोनाका कारण पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार यहाँका बिभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो  ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण पाँच जनाको मृत्यु भए पछि यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चितवनमा २ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ८१ जना निको भएर घर फर्कीएका छन् ।

कार्यालकयी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार कारोना सङ्क्रमित मध्ये १ सय ४६ जना पिसिआर बिधिबाट र ६९ जना एन्टिजिन बिधिबाट पुष्टि भएको हो । अहिले जिल्लामा २ हजार ३ सय २० जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरु मध्ये २ हजार १ सय २७ जना होम आइसोलेसनमा, १ सय ८३ जना अस्पतालमा र १० जना सार्बजनिक आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !