चितवन, : जिल्लामा एक सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा १ सय ४२ जनाको पिसिआर परिक्षण बिधिबाट र ३८ जना एन्टिजिनबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यो संगै जिल्लामा २ हजार एक सय ८९ जना सक्रिय सङ्क्रमित पुगेका छन् । जस मध्ये २ हजार ४९ जना होम आइसोलेसनमा, १ सय ३३ जना अस्पतालमा र ७ जना सार्बजनिक आइसोलेसनमा रहेका छन् । सोही समयमा १ सय ८३ जना निको भएर घर फर्कीएका छन् ।
पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाका अस्पतालमा तीन जनाको मृत्यु भएको छ । जिल्लामा अहिले सम्म २० हजार ९ सय ५० जना पुगेका छन् । जस मध्ये १८ हजार ४ सय २५ निको भएर घर गएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा ३ सय ३६ जनाको मृत्यु भईसकेको छ । यहाँका अस्पतलमा जिल्ला बाहिरका २ सय ३१ जनाको उपचार भईरहेको छ ।







