चितवनः जिल्लामा पछिल्लो २४ घण्टामा २ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अबधिमा १ सय ८७ जनाले कोरोना सङ्क्रमण जितेर घर फकीएएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार पिसिआर प्रबिधिबाट १४४ जना र ८५ जना एन्टिजिन प्रबिधिबाट प्रमाण्ीत भएका हुन । यो संगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या २ हजार १ सय ९२ पुगेको छ । कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार सङ्क्रमित मध्ये २ हजार ६६ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय २१ जना अस्पतालमा उपचाररत रहेका छन् । सार्बजनिक आइसोलेसनमा पाँच जना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका अस्पतालमा उपचारको क्रममा एक जना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने चितवनका रहेका छन् । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या ३ सय ३५ पुगेको छ ।






