चितवनः एमसिसि खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले भोली चौबिसकोठीमा बिरोध प्रदर्शन गर्ने भएको छ । समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि भोली १२ वजे देखि १२ः३० वजे सम्म चौबिसकोठीमा धर्ना कार्यक्रम राखिएको जनाएको छ ।
समितिका संयोजक फडिन्द्र आचार्यले एमसिसि सम्झौता राष्ट्रघाती भएकाले यसलाई खारेज गर्नु पर्ने बताउनुभयो । एमसिसि भारतीय सैनीक योजना अनुसार भएको भन्दै उहाँले यो लागु हुँदा नेपालको भूमि प्रयोग गरेर चिन माथि आक्रमण गर्ने योजना रहेको हुन सक्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै साध्यवहादुर भण्डारीले अमेरीकाले कम्जोर देशका सङ्क्रमणको अबसर छोपि यस्ता योजना ल्याउने गरेको आरोप लगाउनुभयो । यो परियोजनाका बिषयमा सरकारमा अहिले प्रतिपक्षी दल समेत नभएकाले जनताले खवरदारी गर्नु पर्ने समय आएको बताउनुभयो । अमेरीकि सैनिक रणनितिको महत्वपूर्ण अंगको रुपमा यसलाई नेपालमा ल्याउन लागिएको भन्दै उहाँले साना देशको अर्थनिति र वजारीकरणलाई कव्जा गर्ने रणनिति अपनाएको बताउनुभयो ।
यसको बिरोधमा सबै नेपाली जागरुक हुनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !