चितवन ः माडी ट्वन्टीवान ग्रुपको प्लटिङको जग्गा कब्जास्वरुप बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले झण्डा गडेको जग्गा प्रहरीले फिर्ता गराएको छ ।
ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माको नेतृत्वमा खटिएको प्रहरी टोली झण्डा गाडिएको जमीनमा पुगी झण्डा र व्यानर निकालिदिएको हो । व्यक्तिको नीजि जग्गा कोहि कसैले अनधिकृत तवरबाट कब्जा गर्नु गैरकानुनी रहेको भन्दै प्रहरीले झण्डा निकालिदिएको माडी प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो ।

।
त्यसअघि, माडी नगरपालिका–२, पौहारी गाउँमा ट्वन्टीवान ग्रुप प्रपर्टी (प्रा) लि.ले गरेको प्लटिङको जमीन नेकपा ९क्रान्तिकारी माओवादी० चितवनका नेता कार्यकर्ताहरूले कब्जा गरेको दावी गर्दै झण्डा र ब्यानर गाडेका थिए । झण्डा गाडिएको एक घण्टा नबित्दै प्रहरीले हटाएको हो ।

प्रतिक्रिया दिनुहोस !