चितवनः भरतपुर महानगरपालिकाले महानगर भित्रका ३८ जना पशु पालक कृषकलाई उपकरण हस्तान्तरण गरेको छ । महानगरपालिकामा आज आयोजित एक कार्यक्रममा १७ जना कृषकलाई दुध दुहुने मेसिन र २१ जनालाई घाँस काट्ने मेसिन हस्तान्तरण गरिएको हो ।
कर बाहेक रु १ लाख १० हजार लागतको दुध दुहुने मेसिन ७५ प्रतिशत अनुदान र रु ३० हजार पर्ने घाँस काट्ने मेसिन (च्याफकटर) ५० प्रतिशत अनुदानमा ती सामाग्री बितरण गरिएको हो ।
च्याफकटर गत आर्थीक वर्षको कार्यक्रम अन्र्तगत ११ वटा शत प्रतिशत अनुदान र चालु आर्थीक वर्षको ५० प्रतिषत अनुदानमा १० वटा मेसिन र १७ जना किसानलाई मिल्किगं मेसिन बितरण गरेको महानगरका पशुसेवा साखाका प्रमुख मेखराज ढकालले बताउनु भयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषिमा आधुनीकिकरण औजारीकरण र ब्यवसायीकरण गरी किसानलाई अगाढी बढाउने योजना रहेको बताउनुभयो । कृषिको बिकासनै महानगर संबृद्धिको मुल आधार भएकाले कृषिको बिकासलाईनै आफुहरुले बढि प्राथमिक्ता दिएको दाहालले बताउनुभयो ।
महानगरले किसानलाई धान रोप्ने मेसिन, कृषि कर्ममा प्रयोग हुने ट्याक्टर , घासकाट्ने मेसिन देखि दुध दुहुने मेसिन हस्तान्तरण गरिसकेको छ । सो अबसरमा महानगर उपप्रमुख पार्वति शाह ठकुरीले कृषिमा यान्त्रिकरण र ब्यवसायीकरण गर्न महानगर लागि रहेको बताउनुभयो । कृषिको बिकास गर्न नसके आफुहरुले चाहेजस्तो समुन्नत महानगर बन्न नसक्ने भएकाले जनप्रतिनिधि महानगरको कृषिको बिकासमा लागेको ठकुरीको भनाई छ ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नम्बर १४ का वडा अध्यक्ष ओमप्रसाद पोख्रेल, व्यवसायीक कृषक समाज नेपालका सल्लाहाकार भागीरथ तिमिल्सीना, समाजका अध्यक्ष आनन्द न्यूरे, पशु पालक कृषक रेसम बहादुर कार्की लगाएतले बोल्नु भएको थियो ।






