चितवनः चितवनका नेपाली काँग्रेसका नेता पृथ्वीमान गुरुङ गण्डकी प्रदेशको प्रमुखमा नियुक्त हुनुभएको छ ।

सरकारले आज गण्डकी प्रदेशकी प्रमुख चितवनकी सीता पौडेललाई हटाउँदै चितवनकै गुरुङलाई प्रमुख बनाउने सिफारिस गरेको हो ।

भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नेपाली काँग्रेस चितवनका पूर्व सभापति समेत हुन् । तत्कालिन कांग्रेस विभाजन हुँदा गुरुङ पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी पछिका सभापति हुनुहुन्छ ।

गुरुङले वि।सं।२०३६ सालमा पृथ्वी नारायण क्याम्पसमा अध्यापन समेत बन्नुभएको थियो । नेता गुरुङ चितवनको शालिन र भद्र नेताको रुपमा चिनिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !