काठमाडौँ,: बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्षमा प्रमोद प्रधान पुनः चयन हुनुभएको छ ।
गतशनिबार भर्चुअल माध्यमबाट सम्पन्न सो विशेष साधारण सभाबाट उहाँ अध्यक्षमा पुनः चयन हुनुभएको निर्वाचन समितिका संयोजक प्रा रामकुमार पाँडेले जानकारी दिनुभयो ।
केन्द्रका उपाध्यक्षमा विजयराज आचार्य, महासचिवमा अनन्त वाग्ले, सचिवमा मञ्जु ज्ञवाली, कोषाध्यक्षमा शान्ति सापकोटा र सदस्यहरुमा तारानिधि भट्टराई, रवीन्द्र मानन्धर, केदार श्रेष्ठ र नेत्र तामाङ चयन हुनुभएको छ । संस्थाले बालबालिकाका लागि कथा लेखनलगायतका कार्याशाला गर्दै आएको महासचिव वाग्लेले जानकारी दिनुभयो ।






