चितवनः पश्चिम चितवनको सिमडाँडा खेतको नहरमा एक युवा मृत अबस्थामा फेला परेका छन् । भरतप्र महानगरपालिका वडा नम्वर १७ मा पर्ने सो स्थानमा अन्दाजी ३० वर्षिय युवाको शवको घोलमा गढेको अबस्थामा भेटिएको हो । घोलमा गढेको शवलाई प्रहरीले बाहिर निकालेको छ । शबको नजिक गोलीका खोका भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटना स्थलमा कार्यालयका प्रहरी नायव उपरिक्षक सहितको टोली खटिएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बिस्तृत बिबरण आउन बाँकी रहेको छ ।






