चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले रु २२ लाख जरिवाना तोकेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का ५१ वर्षिय भरत खनाल रहेका छन् ।
उनलाई बिषेश अदालत पाटनले २०७७ साल फागुन ३ गते बैंकिङ् कसुरमा रु २२ लाख जरिवाना तोकेको थियो । जरिवाना तोकीएका खनाल फरारको सूचिमा रहेका थिए । उनलाई आज दिउँसो १ः१५ वजे भरतपुर महानगरपालिका वडा नम्बर ९ शरदपुरबाट पक्राउ गरिएको कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक सूर्यवहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार पक्राउ परेका उनलाई आजै जिल्ला अदालत चितवनमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस !