काठमाडौँ, : नयाँ आर्थिक वर्ष २०७८र७९ को पहिलो दिन आज साउन १ गते नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० र चाँदी १ हजार ३२० रुपैयाँ कारोबार भएको हो ।

यस दिन तेजाबी सुनको मूल्य समेत गत बिहीबारकै मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !