चितवनः पश्चिम चितवनका उजेली नगरमा गैंडाको आक्रमणबाट एक महिला घाईत भएकी छन् । घाईते हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ उजेलीनगरकी ४१ वर्षिया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय वाटुली पोखरी सामुदायीक वनमा घाँस काट्न जाँदा परियारलाई गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमबाट घाईते परियारको चितवन मेडीकल कलेजमा उपचार भइरहेको छ । अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !