काठमाडौंः नियुक्ति प्रकृया सचिय संगै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालो सानो आकारको मन्त्रिमण्डल गठन गर्नु भएको छ । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ सपथ खुवाउनुभएको छ ।
सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले आज दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भन्दै देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिनुभएको थियो ।
सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ [५] अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिनुभएको हो ।
नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहुनु भएको छ ।






