
काठमाडौंः नव नियुक्त प्रधानमन्त्री शेरवहादुर देउवाले नियुक्ति नसचिए सम्म प्रधानमन्त्रीको सपथ नलिने अडान राख्नु भएको छ । यस विषयमा कुरा गर्न देउवा राष्ट्रिपति भवन शितलनिवास पुग्नु भएको छ ।
शीतल निवासमा पुग्नु भएकना उहाँले शपथ विवादबारे छलफल गनु भएको छ । राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुन धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट बन्नु भएका देउवाले छलफल थाल्नुभएको हो । उहाँले नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताउनुभएको छ । देउवाले यसबारे मुख्यसचिवलाई बूढानीलकण्ठस्थित निवासमा समेत बोलाएर असन्तुष्टि पोख्नुभएको थियो ।
आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने देउवाको जिकिर छ ।