चितवन, : २०८औं भानु जयन्तीका अवसर साहित्यकालाई सम्मान गरिएको छ । चितवन साहित्य परिषद (चिसाप_ ले दुई जना उपन्यासकारलाई सम्मान गरेको हो ।
परिषद्द्वारा आज भरतपुरमा आयोजित कार्यक्रममा चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार २०७७ बाट प्रभा बराललाई र चिसाप प्रतिभा पुरस्कार २०७८ बाट कलाकार प्रकाश थापा प्रथालाई सम्मान गरिएको छ ।
साहित्यकार जीवा लामिछानेले बुबा खेमलाल लामिछानेको सम्मानमा उपलब्ध गराउनु भएको रु ५० हजार ४५ रुपैयाँ पुरस्कार राशिसहित बरालको औपन्यासिक कृति फिलिङ्गोलाई सम्मान गरिएको हो । यसैगरी पचासको दशकदेखि साहित्य कलामा समर्पित भई मूलतस् कला क्षेत्रमा विशेष योगदान दिएका कलाकार थापालाई १५ हजार ४५ रुपैयाँ पुरस्कार राशि सहित चिसाप प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ ।
परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षता एवम् साहित्यकार केदारनाथ खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकारहरू जगन्नाथ पण्डित, सरला जोशी, पदम अर्यालले मन्तव्य राख्नु भएको थियोे ।
परिषद्ले आफ्नो स्थापना कालदेखि नै भानु जयन्ती मनाउँदै आएको र हालसम्म २७ जना साहित्यकारहरूलाई चिसाप प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ । स्थापनाकालमा रु ५ हजारबाट सुरु गरिएको प्रतिभा पुरस्कारको राशि १५ हजार ४५ पुयाइएको छ ।
यसैगरि रु ५० हजार ४५ पुरस्कार राशिको चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कारबाट गोविन्दराज विनोदी, बलराम अधिकारी, सीमा आभाष, केशवराज आमोदी, भूपिन र रामबाबु अधिकारीका उत्कृष्ट कृतिहरूलाई सम्मान गरिएको परिषदका सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।







