चितवन, : चितवनमा आज ११६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ६९ जना, खैरहनी नगरपालिकामा तीन जना, माडी नगरपालिकामा २४ जना, रत्ननगर नगरपालिकामा ६ जना र कालिकामा १४ जनामा संक्रमण देखिएको हो ।
यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ४५३ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ३१७ जना, अस्पतालको आइसोलेसनमा ११४ जना र सार्वजनिक आइसोलेसनमा २२ जना रहेका छन् । आज चितवनबासी एक जनाको कोरोना संक्रमणबाट निधन भएसँगै चितवनमा कोरोनाले ज्यान गुमाउनेको संख्या २९५ पुगेको छ ।






