चितवन : नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । ईच्छाकामना गाउँपालिका ६ कालीखोलामा पहिरो खस्दा अवरुद्ध भएको सडक दिउँसो ३:३५ बजेबाट एक तर्फी खुलेको हो ।

सोमबार बिहान ४:३० बजे कालीखोलामा माथिबाट सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक ११ घण्टा पछि रुपमा खुलेको हो । सडक खुले पनि सवारी साधनको लामो जाम रहेकोले सहज हुने केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !