चितवनः माछा मार्न हेम्पाइप भित्र पसेका भरतपुरका एक युवा वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३ बाह्रघरेका ३५ वर्षिय लाल बहादुर श्रेष्ठ वेपत्ता भएका हुन ।
श्रेष्ठ सडक किनारबाट नारयणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको हेम्पाइप भित्र माछामार्न भन्दै आज बिहान ९ः३० वजे पसेका थिए । हेम्पाइप भित्र पसेका श्रेष्ठ नफर्किए पछि उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।






