
चितवन,: चितवनमा पछिल्लो २४ घण्टामा एक सय ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ८८ जना पिसिआर परीक्षणबाट हुन् भने २३ जना एन्टिजेनबाट हुन् ।
उनीहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै ८३ जना छन् । यस्तै खैरहनी नगरपालिकाका ६, माडीका ५, रत्ननगरका ६, राप्तीका २, कालिकाका ८ र इच्छाकामना गाउँपालिकाका एक जना जना रहेका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कुल संक्रमितको संख्या १७ हजार ३१७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३७ जना निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १५ हजार ५७४ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । १ हजार ४५० जनामा अझै कोरोना सक्रिय छ । उनीहरु मध्ये एक हजार ३२३ जना होम आइसोलेसनमा छन् भने १०१ जना अस्पताल तथा २६ जना संस्थागत आइसोलेसनमा छन् ।
यस्तै चितवनमा कोरोना संक्रमणबाट २९३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चितवनमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।