चितवन, : चितवनको राप्ती नगरपालिकामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

हिजो साँझ बारीमा घाँस काट्न गएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी प्रयास गर्न खोज्ने राप्ती–७ का २७ वर्षीय महेन्द्र सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

किशोरीलाई एक्कासि पछाडिबाट मुख थुनेर जबरजस्ती करणी प्रयास गरेको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरीले सापकोटालाई पक्राउ गरेको हो । पक्राउ परेका सापकोटालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !