चितवन,: जिल्लामा पछिल्ला दिनहरुमा कोरोना सङ्क्रमण वढ्दै गएको छ भने निको भएर घर फर्कने दर घट्दो क्रममा रहेको छ ।

जिल्लामा पछिल्ला चौबिस घण्टामा १०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिनेमा ७४ जना पिसिआर बिधिबाट र ३३ जना एण्टिजिन प्रबिधिबाट परीक्षणपछि पुष्टि भएको हो ।

योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १७ हजार २ सय ६ पुगेको छ । जस मध्ये १ हजार २ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ५ जना अस्पतालमा उपचररत रहेका छन् । जिल्ला पछिल्लो चौबिस घण्टामा कोरोनाका कारण कसैको मृत्यु भएको छैन ।

जिल्लामा हालसम्म १७ हजार २०६ जनामा संक्रमण भईसकेको छ । जसमध्ये १५ हजार ५३७ जना निको भईसकेका छन् भने २९१ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस !