चितवन, : भरतपुर महानगरपालिका वडा नम्बर ३ पुलचोकमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १५ मंगलपुरकी ३० वर्षिया विणु दवाडीरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार गैंडाकोटबाट चौबीसकोठी तर्फ आउँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकले सोही दिशा तर्फ आउँदै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई पुलचोकमा ठक्कर दिएको थियो । ठक्करबाट घाईते दवाडीको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो ।

स्कुटर चालक मंगलपुरकै २२ वर्षिय जस्मिन न्यौपाने घाईते भई उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । दुर्घटना दिउँसो १ः४५ वजे भएको हो ।

प्रतिक्रिया दिनुहोस !