
भरतपुर : नेपाल विद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले निशेधाज्ञा अवधिको छुटको उपयोग गर्न अनुरोध गेको छ ।
केन्द्रले एक सूचना जारी गर्दै निशेधाज्ञा शुरु भएको बैशाख १७ देखि असार २५ गतेसम्मको महसुलको छुटको उपयोग गर्न आग्रह गरेको हो ।
सूचनामा भोलि शुक्रबार देखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएकोले यसपछिको एकहप्ता मात्र छुट पाउने सूचनामा भनिएको छ ।
आगामी बुधबार सम्म मात्र उक्त सुबिधा र जरिवाना नलाग्ने भएको हुनाले यथाशिघ्र महसुल बुझाउनु उप्रान्त नियमानुसार शुल्क लाग्ने वितरण केन्द्रले जनाएको छ ।