
चितवन,: जिल्लामा कोरोना सङ्क्रमण निको हुने भन्दा सङ्क्रमीत हुने दर वढी देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो जिल्लामा निको हुनेको दर भन्दा सङ्क्रमितको दर वढि देखिएको हो ।
कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार जिल्लामा एक सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ८२ जना निको भएर घर फर्कीएका छन् । ढकालका अनुसार सङ्क्रमित हुनेमा ८१ जना पिसिआर बिधिबाट र एन्टिजेन बिधिबाट १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यो संगै जिल्लामा कोरोना सङ्क्रमित १ हजार ३दसय १७ जना पुगेका छन् । जस मध्ये १ हजार १ सय ८८ जना होम आइसोलेसनमा १ सय जना अस्पतालमा र २९ जना सार्बजनीक आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।