चितवन : आज बिहानदेखि परेको अविरल बर्षाका कारण चेपाङ्गबस्ती डुबानमा परेको छ । परुई खोलामा आएको बाढीका कारण खोलाको किनारमा अस्थायी घरटहरा बनाएर कुसुमखोलाबाट बसाइँसराइ गरी बसेका करिब ५५ घरधुरी परिवार घरभित्र पानी पसेर डुबानमा परेका छन ।

स्थानीय कमल चेपाङ्गका अनुसार, सिता परियार, बिशाल प्रजा, आनड्रेस चेपाङ्ग, अजित कुमार प्रजा, अनिल चेपाङ्ग, कमल चेपाङ्ग, छबीलाल चेपाङ्ग लगाएतको घरमा पानी पस्दा घरभित्र भएका रासानपानी, लत्ताकपडा भिझेर काम नलाग्ने भएको बताए । यसैगरी केही स्थानीयहरुको भाँडाकुडा पानीले बगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !