चितवन, : जिल्ला प्रहरी कार्यालय चितवनले पूर्बी चितवनकी युवती सुजिता भण्डारीको घटनाका बिषयमा अनाबश्यक हल्लाको पछि नलाग्न अनुरोध गरेको छ ।
आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि अनाबश्यक हल्लाको पछि लाग्दा घटनाको गाम्भियता माथि प्रश्न उठ्ने भन्दै त्यसको पछि नलाग्ने स्थानीयलाई आग्रह गरेको हो ।
पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख ओमप्रकाश अधिकारीले स्थानियलाई अनाबश्यक हल्लाको पछि नदौडीन समेत आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो “प्रहरीको अनुसन्धानलाई असर गर्ने खालका हल्लाको पछि नदौडनुस् । यसले घटनालाई अन्तै मोड्ने काम गर्छ ।”
अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भिर वन्नुपर्ने समय आएको भन्दै उहाँले भरपर्दो सञ्चार माध्यमको मात्र विश्वास गर्न आग्रह गर्नुभयो । पछिल्लो समय प्रहरीको अनुसन्धान लाई कठिन पार्ने काम भएको उहाँको भनाई छ । पत्रकार सम्मेलनमा अधिकारीले बाहिरबाट आएर अभियान्तकाको नाममा समाजमा गरिएका कृयाकलापहरुले अनुसन्धानमा कठिनाई थपेको बताउनुभयो । उहाँले भन्नुभयो “काठमाडौंमा व्यानार प्रिन्ट गरेर, झोला हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समुह खडा गरि अबरोध सृजना गर्ने काम भएको छ ।” बाह्य व्यक्तिका कारण अनुसन्धानमा असहज भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अनुसन्धानमा खटिनुपर्ने प्रहरी कफ्यू व्यवस्थापनमा खटिनु परेको छ ।”
घटनाका बिषयमा अनुसन्धानको काम भईरहेको उहाँको भनाई थियो । राप्ती नगरपािलका वडा नम्बर ३ की भण्डारीको मृत्यु प्रकरणमा पोष्टमाटम सकिएको र भिसेरा परिक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । भिसेरा परिक्षणको नतिजा आए पछि केही भन्न सकिने उहाँले जानकारी दिनुभयो । भिसेरा परिक्षणका लागि खुमलटार पठाईएको छ । भण्डारी असार ११ गते देखि अपहरणमा परेको प्रहरीलाई जानकारी आएको र त्यस लगत्तै प्रहरीले अनुसन्धानको काम सुरु गरेको भए पनि असार २० गते उनको शब भेटिएको थियो । स्थानीय ब्रह्म सामुदायीक वनमा उनको शब भेटिए देखिनै अनुसन्धानको कामलाई अफ्ठ्यारोमा पार्ने काम भएको उहाँले जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो “शब परिक्षणका लागि ल्याउने समय देखिनै असहज वन्दै गएको बातावरणले काम गर्न कठिन भयो ।” आफन्त अुसन्धानका लागि तयार छन् तर बाह्य व्यत्तिहरुले अबरोध खडा गरेको उहाँको भनाई थियो ।
भण्डारीको शब भेटिएको घटनामा हत्या या आत्महत्या के हो भन्ने बिषयमा प्रहरीनै अन्योलमा रहेको उहाँले जानकारी दिनुभयो । शब भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट बिभिन्न समयमा दोहोरो कुरा हुनु र इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उहाँले बताउनुभयो । अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रिय अनुसन्धान व्यूरोको टोली कुकुर सहित खटिएको उहाँको भनाई छ । अहिले सम्म प्रहरीले स्थानीयहरु र निजका आफन्तहरु संग सोधपुछको काम गरिरहेको छ । उहाँले भन्नुभयो “हामीले एक सय जना भन्दा वढि संग सोधपुछ ग¥यौं । केही कुरा खुलेको छ । थप अनुसन्धान जारी छ ।”






