चितवन, : चितवनमा कोरोना संक्रमण फेरि बढेको छ । असार लागेपछि कुनै बेला सक्रिय संक्रमितको संख्या एक हजार १४ मा झरेको चितवनमा आज बुधबारसम्म आइपुग्दा सक्रिय संक्रमित एक हजार ३०१ पुगेका छन् ।
असार ३ गते सक्रिय संक्रमितको संख्या एक हजार ३०५ थियो । त्यसपछि घटेर असार १३ गते सक्रिय संक्रमित घटेर एक हजार १४ मा झरेको थियो । त्यसपछि संक्रमण पुनः बढेको हो ।
चितवनमा पछिल्लो २४ घण्टामा १३५ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । ६२६ जनाको कोरोना परीक्षण गर्दा १३५ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा १०४ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।







