
काठमाडौंः ललितपुरको सानेपामा एक जना भारतीय नगारिकको हत्या भएको छ । हम्मर प्रहार गरेर भारत, राजस्थानका ५९ वर्षीय सत्यनारायण पारिकको हत्या भएको हो ।
ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने देखिएको बताउनुभयो । उहाँका अनुसार घरका केही सामान पनि हराएका छन्, त्यसैले चोरी गर्ने उद्देश्यले आएको व्यक्ति घटनामा संलग्न हुनसक्ने आशंका गरिएको छ ।