पछिल्लो समय नेपाली समाजमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरु ह्वात्तै बढेका छन् । साकाजिक सञ्जालको प्रयोग आफैमा नराम्रो होइन तर यसको सही सदुपयोग भएन भने ठूला ठूला दुर्घटना हुन सक्छ भन्ने विषयलाई सबैले बुझ्नु जरुरी छ । आजको सूचना, सञ्चारको अत्यन्तै प्रभावकारी माध्यम बनेको सामाजिक सञ्जालको प्रयोगमा पछिल्लो समय भने व्यापक बिकृति आउन थालेको छ ।

फेसबुक, इन्स्टा, यूटुब, टिकटक , वाट्स्यप, म्यासेन्जर इमो, भाइवर आदिजस्ता सामाजिक सञ्जालहरु प्रयोगमा आउनू आफैमा राम्रो पक्ष हो टाढा रहेका आफन्तको खबर लिन, देश विदेशका सूचना समाचारहरुबाट सुसूचित हुन बनेका सामाजिक सञ्जालहरु यतिखेर चिन्नेलाई श्रीखन्ड नचिन्नेलाई काठ, जङ्गली भालुलाई गीताको पाठ भनेजस्तै भएको छ । सामाजिक सञ्जालको दुरुपयोगले पछिल्लो समय नेपाली समाजमा ठूलो विसङ्गति आउन थालेको छ । जिवीत मान्छेलाइ मृत घमेषणा गर्ने, अश्लिल र अपाच्य सामग्री,शब्द र भाषाको प्रयोग गर्ने, एउटा ब्यक्तिको शरीर र अर्कै टाउको र अनुहारको प्रयोग गरि सामाजिक बेइजेति गर्ने, अरुकै तस्विरशरु प्रयोग गरेर आइडी बनाउने जस्ता गतिविधिले दिनप्रतिदिन बालबिवाह, अनमेल विवाह, बहुविवाह, गृहहिंशा, डिभोर्स आत्महत्या जस्ता घटनाहरु हुने गरेको गुनासो दिनानुदिन आउन थालेको छ ।

सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने भन्ने अनबिज्ञताका कारण भोलिका दिनमा समाजले ठूलो दुर्घटना निम्त्याउन सक्ने सम्भावना देखिएको छ । सस्तो लोकप्रियता कमाउन, भाइरल हुन र धेरै भिउज् र लाइक आउने निहुमा सामाजिक सञ्जालको प्रयोगमा व्यापक बिकृति बढ्न थालेको छ । झुट्टा समाचार, पीत पत्रकारिता, अर्थहिन प्रपोकान्डाहरु छिट्टै लोकप्रियता कमाउने नाउमा साकाजिक सञ्जालको गलत प्रयोग मौलाउन थालेको छ हरेक मान्छे पत्रकार र घर घर मा मिडिया हाउस् देखिन थालेको छ । समाजमा रहेका कुसंस्कार, कुरीति , बिसङ्तिलाई उजागर गरि सममजलाइ सत्मार्गमा अग्रसर गराउन प्रयोगमा ल्याउनुपर्ने सामाजिक सञ्जालहरुलाई झिनो लोकप्रियताका लागि ब्यक्तिगत स्वार्थपूर्ति गर्न प्रयोग गरिनु र यसको गलत प्रयोग हुनु दुर्भाग्य हो ।

धेरै भिउज् ,शेयर र लाइक पाउन समाजमा अपाच्य हुने बिबिधखाले भिडियो अडियो तथा तस्विरहरु पोष्ट गर्ने , राम्रा गीतहरुलाई गलत प्रयोग गर्ने र नाम चलेका कलाकार र ब्यक्तिहरुसमेत नेपाली साँस्कृति र रीतिरिवाजलाई अफूअनुकूल ढाल्न खोज्ने प्रवृतिले गलत सन्देश प्रवाह भएको पाइएको छ । नेपाल आफैमा कला र संस्कृतिले सम्पन्न देश हो । यहाको संस्कृति,रीतिरिवाज, परम्परागत संस्कारहरु बैज्ञानिक र नेपाली माटो सुहाउदा छन् । विश्वमानचित्रमा हाम्रो देश कला संकृति र अलग्गै रीतिरिवाज बोकेको अनुपम देशको रुपमा परिचित छ यसैमा हाम्रो देशको पर्याटन निर्भर छ । हाम्रा कला र संस्कृति भावी पुस्ताका लागि संरक्षण गर्नु हाम्रो दायित्व हो यसमा हामी चुक्यौँ भने भावी सन्ततिले हामीलाई धिक्कार्ने छन् । यश विषयलाई सास्कृतिक पर्वमा परम्परागत रीतिरिवाजको अनुशरणमा विचलन ल्याउनुले हाम्रा संस्कृतिहरु विलिन् हुने सम्भावना बढेको छ ।

दिनानुदिन समय प्रविधिमैत्री बन्दै छ समयको मागसंगै प्रविधिको विकास जरुरी पनि छ , तर नयाँ प्रविधिको प्रयोग गर्दा यसको नकरात्मक पक्षलाई विचार गर्नुपर्छ । सामाजिक सञ्जालले मान्छेलाई सहज बनाएको छ हातको मोवाइलले संसार देखाउछ , सामजिक सञ्जालहरु बेलगाम छोड्दा यसले भोलिको समाजमा के कस्ता नकारात्मक पक्षको पृष्ठपोषण गर्छ के आज जुन रुपमा सामाजिक सञ्जालको प्रयोग भएको छ त्यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गरेको छ त रु आजको नेपाली समाज कता जाँदै छ रु सामाजिक सञ्जाललाई हामी सदुपयोग गर्दै छौँ वा दुरुपयोग सोँच्ने बेला आएको छ।

प्रतिक्रिया दिनुहोस !