चितवनः निरन्तरको वर्षा सगैं पहिरी खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिन देखि अबरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकीएको भए पनि अन्य समय पहिरोले सडक अबरुद्ध रहेको हो ।
डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी ई. शिव खनालका अनुसार सडकको सेती दोभान, चार किलो र पाँच किलोमा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ चार किलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुईघण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उहाँले जानकारी दिनुभयो । त्यस पछि पुनः चार किलो र पाँच किलोमा पनि पहिरो खसेको हो । नारायणगढबाट २० किलोमिटर मुग्लिन तर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरुमा पहिलोपटक पहिरो खसेको हो । उहाँले भन्नुभयो “मैलेयो सडकमा काम गरेको ६ वर्ष भयो । पहिलो पटक यहाँ पहिरो खसेको हो ।” सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफागर्न कठिन भएको छ ।
पहिरो रोकीएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भए पनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उहाँको भनाई छ । चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो । सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा व्रेकर र दुईवटा जेसिबि परिचालन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक भगवानदाश थापा सो सडक बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्र सञ्चालन गर्न सकिएको बताउनुहुन्छ । मुग्लिन नजिकै चार किलो र पाँच किलोमा पहिरो खसिरहेकाले समस्या भएको उहाँको भनाई छ । सेती दोभानमा ठूलो पहिरो खसे पछि थप जटिल वनेको थापाले बताउनुभयो । सडक अबरुद्ध हुँदा बिबाह लगाएतका अत्याबश्यक काममा हिड्ने प्रभावित भएका छन् । ठूलो संख्यामा सवारिसाधनमा आएका यात्रुहरु सडकमानै बिचल्लीमा परेको उहाँले जानकारी दिनुभयो ।
शुक्रबार बिबाहका लागि हिडेका बेहुलाहरुको बिचल्ली परेको सामुहिक तस्बिरहरु सार्बजनिक भएका थिए । यसै गरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसे पछि सडक अबरुद्ध भएको छ । लेदो खसिरहेकाले सडक दुईतर्फि अबरुद्ध भएको थापाले जानकारी दिनुभयो ।






