
चितवन,: जिल्लामा पछिल्ला चौबिस घण्टामा ७६ जनाको कोरोना सङ्क्रमित थपिएका छन् । थपिनेमा ४२ जना पिसिआर बिधिबाट र ३४ जना एण्टिजिन प्रबिधिबाट पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १ हजार २ सय २० पुगेको छ ।
जस मध्ये १ हजार ८७ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय २ जना अस्पतालमा उपचररत रहेका छन् । कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार ३१ जना सार्बजनिक आइसोलेसनमा रहेका छन् । जिल्लामा आज मात्रै ८४ जना निको भएर घर फर्कीएका छन् ।
जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका सङ्क्रमित मध्ये २ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृत्यु हुनेमा चितवन मेडीकल कलेजमा एक जना र भरतपुर अस्पतालमा एक जना रहेका छन् । चितवन मेडीकल कलेजमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की महिला र भरतपुर अस्पतालमा बैतडिका बिरामीको मृत्यु भएको हो ।