वीरगञ्ज,: बारामा जंगली हात्तीको आक्रमणबाट एकजना किसानको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ वर्षीय रामदेव पटेलको मृत्युु भएको हो ।

खेतमा काम गरिरहेका पटेललाई बिहान पौने आठ बजे जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । गम्भीर अवस्थामा उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमै पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

जंगल क्षेत्रबाट करिब १५\१६ किलोमिटर टाढा सदरमुकाम कलैया आएर हात्तीले मानिसलाई आक्रमण गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट नै हात्ती आएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । पसाहा खोलातिर पसेको हात्ती नियन्त्रणको लागि निकुञ्जबाट प्राविधिक टोली बोलाइएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !