चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको दुई स्थानमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ५ः३० वजे पहिरो खसेको सूचना आए संगै त्यस तर्फ प्रहरी परिचालन गरिएको छ । पहिरो पन्छाउने काम सुचारु भएको र २ देखि ३ घण्टा भित्र पहिरो पन्छाई सकीने कार्यालयले जनाएको छ ।
बिहिबार सोही सडकको बिभिन्न स्थानमा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस !