
चितवन, : जिल्लाका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा यहाँका ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमण पुष्टि हुनेमा ५९ जना पिसिआर बिधिबाट र २९ जना एन्टीजिन प्रबिधिबाट पुष्टि भएको हो । कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार सोही अबधिमा ५२ जनाले कोरोना जितेर घर फर्कीएका छन् ।
थपिएका कोरोना सङ्क्रमित सहित जिल्लामा हाल १ हजार २ सय ३० जना सक्रिय सङ्कमित रहेका छन् । उनीहरु मध्ये १ हजार १ सय २ जना होम आईसोलेसनमा, अस्पतालमा ९७ जना र ३१ जना सार्वजनिक आइसोलेसनमा रहेका छन् । कार्यालयका अनुसार आज चितवनका एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।