चितवनः दुई महिना देखि बन्द अबस्थामा रहेको भरतपर बिमानस्थलले आज देखि उडान सुरु गर्ने तयारी गरेको छ । कोरोना सङ्क्रमणका कारण निषेधाज्ञा संगै बन्द भएको यहाँको उडान पुनः सुरु गर्न लागिएको हो ।

बिमानस्थल प्रमुख योगेन्द्र कुँवरले कोभिड नियन्त्रणको सुरक्षा मापदण्ड कार्यबिधि अनुसार बिमानस्थलमा उडान सुरु गर्न लागिएको जानकारी दिनुभयो । स्थानिय प्रशासनले बैशाख १६ गते राति देखि निषेधाज्ञा गरे संगै बन्द भएको उडान यही आजबाट सुरु गर्न लागिएको हो । एयरलाइन्सले माक्स, भाइजर, सामाजिक दुरीकायम गर्नुपर्ने, डिस इन्फेक्सन गरेर मात्रै उडान गर्नु पर्ने उहाँले जानकारी दिनुभयो । सुरुवाती समयमा उडान कम हुने उहाँले बताउनुभयो । भरतपुर बिमानस्थलमा यात्रुहरुलाई बस्नका लागि बनाईएका प्रतिक्षालयहरुमा सामाजिक दुरी कायम गर्नका लागि सन्देश मुलक चिन्ह राखिएको उहाँको भनाई छ ।

निषेधाज्ञा अघि बिमानस्थलबाट आठ सय देखि एक हजार जना सम्म यात्रुहरु दैनिक आवतजावत गर्ने गरेको उहाँले बताउनुभयो । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्त बस्नेतले बिहिबार देखि सुरु गर्न लागिएको उडान कटौती गरिएको जानकारी दिनुभयो । दैनिक ६ वटा सम्म चितवन–काठमाडौं उडान हुँदै आएकोमा अहिले तीन वटा मात्र उडान हुने बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरि उडान गरिने छ । त्यसका लागि तयारी गरिएको बस्नेतको भनाई छ ।

यस अघि बुद्ध संगै भरतपुरबाट यती एयरलाईन्सले दैनिक ४ वटा सम्म उडान भर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस !