
चितवनः खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षती पु¥याएको छ । कयर खोलाले उद्योगमा क्षती पु¥याएको हो ।
उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् । उहाँले भन्नुभयो “यहाँका सिलिण्डर वगाएर सौराहा सम्म पुगेका छन् ।”वाढीले उद्योगको संरचनामा क्षती पु¥याएको छ । उद्योगमा १० देखि १५ हजार सिलिण्डर रहने गर्दछ । के कति सिलिण्डर वगायो र अन्य क्षती के कति छ भन्ने बारेमा एकिन जानकारी भइनसकेको उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाका कारण पूर्बी चितवनको खैरहनी संगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताउनुभयो । स्थानिय खोलाहरु वढेर पुलहरु उच्च जोखिममा रहेको उहाँले वताउनुभयो । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी उद्धारका लागि खटिएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्बी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ संगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोकमा डुवान भएको छ । कतिपयलाई उद्धार गरि सुरक्षित स्थानमा लगिएको उहाँले बताउनुभयो ।
लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले वगाएको छ । लोथर र राप्ती खोला समेत वढ्दै गएको भन्दै उहाँले सौराहा पनि डुवानको खतरामा रहेको जानकारी दिनुभयो ।