चितवनः अबिरल बर्षा पछि खसेको पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ पाँचकिलोमा माथिबाट पहिरो खसे पछि बिहान २ः१० वाट अबरुद्ध सडक अहिले बिहान ११ वजेबाट सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक ओम प्रसाद अधिकारीका अनुसार पहिरो खसे देखिनै पन्छाउने कामलाई निरन्तरता दिइएको छ । सो सडक खण्डमा तीन वटा एक्साभेटर सहित सुरक्षाकर्मी परिचालन भएका छन् । उहाँले भन्नुभयो “वर्षात भईरहेकाले पुनः कतिवेला सडक अबरुद्ध हुन्छ भन्न सकिदैंन । अत्याबश्यक काम नभई यात्रा नगर्न सबैलाई अनुरोध गर्दछु ।”

ठाउँठाउँमा लेदो वगिरहेकाले जुनसुकै वेला फेरी पनि सडक अबरुद्ध हुन सक्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !