चितवनः चट्याङ् लागेर एक महिला घाइते हुनुभएको छ । राप्ती नगरपालिका वडा नम्बर ९ लालपुरकी ४५ वर्षिया बिजुली श्रेष्ठलाई आफ्ै घर नजिक धान रोप्ने क्रममा चट्याङ् लागेको हो ।
इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार विहान ८ः३५ वजे श्रेष्ठलाई चट्याङ् लागेको हो । गम्भिर घाईते श्रेष्ठलाई उपचारका लागि भरतपुर ल्याईएको छ ।







