चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसे पछि बिहानबाट सडक अवरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ पाँचकिलोमा माथिबाट पहिरो खसि सडक दुई तर्फि अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरो समेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो आज बिहान २ः१० मा खसेको हो ।
यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।






