चितवनः विपक्षी गठबन्धनका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्नेक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । चितवनको भरतपुरस्थित वीरेन्द्र क्याम्पस अगाडि विपक्षी विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन कार्यक्रममा प्रहरीले बिद्यार्थी माथि हस्तक्षेप गर्दा नेबिसंघ उपाध्यक्ष सहित घाईते भएका छन् ।
बिद्यार्थीको प्रदर्शनका क्रममा प्रहरीको हस्तक्षेपमा परि नेबिसंघ चितवनका उपाध्यक्ष अनमोल अधिकारी सहितका बिद्यार्थी नेताहरु घाईते भएका छन् । अधिकाररीको हातमा गम्भिर चोट लागेको छ । आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो । बिद्यार्थीको आन्दोलनमा प्रहरीले अश्रुज्ञास देखि लाठि चार्ज सम्म गरेको हो । प्रहरीको लाठी र अश्रुग्यास प्रहारबाट पाँच जना विद्यार्थी घाइते भएका छन् । प्रहरीले लाठी चार्ज, अश्रु ग्यास प्रहार गरेपछि विद्यार्थीहरुले ढुंगा हानेका थिए ।
बिद्यार्थी र प्रहरीको दोहोरो झडपमा परि प्रहरी समेत घाईते भएका छन् । एक जना प्रहरीको मुखमा चोट लागेको र अन्यको अबस्था सामान्य रहेको छ ।
यसै बिच नेबिसंघ चितवनको आन्दोलनका क्रममा नेबिसंघ नेता ओमकार सापकोटा सहित घाइृते भएका छन् । बिशालचोकमा गरेको प्रदर्शनमा पनि बिद्यार्थीको प्रदर्शनमा समेत प्रहरीले हस्तक्षेप गरेको हो । नेबिसंघ नेता प्रमेश्वर खनजालका अनुसार साकोटाको हातमा गम्भिर चोट लागेको छ ।






