चितवनः चितवनको रत्ननगर नगरपालिकाले ज्येष्ट नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ । विहीवार देखि ८० बर्ष माथीका ज्येष्ट नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।
नगर भित्र ८० बर्ष माथीका करिब एक हजार जना ज्येष्ठ नागरिक रहेका छन् । १६ वटा वडा रहेको सो नगरपालिकाले एउटा वडामा एकजना स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पुरा गरी स्वास्थ्य परीक्षण गरिने पौडेलले बताउनुभयो । स्वास्थ्यकर्मी घरमै पुगेर ज्येष्ट नागरिकको सुगर प्रेसर परीक्षण गर्ने र आवश्यकता अनुसार स्वास्थ्य परामर्श गर्ने उहाँले जानकारी दिनुभयो ।
नगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख नारायण वनले स्वास्थ्यकर्मीहरुलाई मधुमेह परीक्षण गर्ने गुल्कोमिटर, प्रेसर परीक्षण गर्ने मेसिन हस्तान्तरण गरेर जिम्मेवार भएर काममा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । ज्येष्ट नागरिक हाम्रा अभिभावक हुन उनले भने उनीहरुको रेखदेख र स्वास्थ्य परीक्षण गर्नु हाम्रो दायित्व हो । देखाउनका लागि आफुले यो काम नगरेको भन्दै उहाँले परिणाम निश्किने गरी काम हुने बताउनुभयो । रत्ननगरले ज्येष्ट नागरिकको घरमै स्वास्थ्य परीक्षण गर्ने कामको सुरुवात तीन बर्ष अघि सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस !