चितवन, : चितवनमा जारी निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा एक साता थप गरेको हो ।

प्रशासन कार्यालयमा आज बसेको बैठकले जारी निषेधाज्ञा असार २४ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।

जारी निषेधाज्ञा भोलि (बिहीबार) राति १२ बजे सकिदैछ ।निषेधाज्ञा सकिनै लाग्दा जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै प्रशासनले एक साता थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस !