चितवनः कारागार कार्यालय भरतपुरमा रहेका एक वन्दीको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ बेशीसहर नगरपालिका वडा नम्बर १० का २४ वर्षिय पुरुष रहेका छन् ।
लागु औषध मुद्धामा पक्राउ परि पुरपक्षका लागि कारागार कार्यालय नवलपरासीबाट असार ४ गते भरतपुर ल्याईएका उनलाई असार १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । हेपटाइटिसको समस्या भई उपचारका लागि अस्पताल भर्ना भएका उनमा कोरोना सङ्क्रमण पुष्टि भए संगै भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचार भईरहेको थियो । उपचारका क्रममा उनको आज बिहान ३ वजे मृत्यु भएको कारागार कार्यालय भरतपुरका प्रमुख कमल प्रसाद काफ्लेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !