
चितवनः चितवन राष्ट्रिय निकुञ्जले चोरी शिकारीमा संलङ्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर ३ का ३० वर्षिय राजमान मगर भनीने राजमान थापा मगर रहेका छन् ।
मगर चालु आर्थिक वर्षमा निकुञ्जमा भएका चार वटा गैंडाको खाग चोरी श्किारीमा संलङ्न भई फरार रहेको अबस्थामा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार उनलाई पक्राउ गरि जिल्ला अदालत मार्फत पुरपक्षका लागि कारागार चलान गरि सकिएको छ । पक्राउ परेका थापाको नाममा जिल्ला अदालत नवलपरासीमा २ वटा र जिल्ला अदालत चितवनमा १ वटा मुद्धा दर्ता गरिएको उहाँले बताउनु भयो ।
यस आर्थिक वर्षमा निकुञ्जले गैंडाको खाग तस्करी गरेको अभियोगमा २७ जनालाई पक्राउ गरि काराही गरी सकेको कार्यालयले जनाएको छ ।